रुसी सेनामा कार्यरत पीडित परिवार सिंहदरबार गेटमा आन्दाेलित,१५ पक्राउ
काठमाडौं,१९ चैत्र । रुसी सेनामा कार्यरत पीडित परिवारले सिंहदरबारको दक्षिण गेटअघि प्रदर्शन गरेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेकाे छ । रुसी सेनामा भर्ती भएका नेपालीकाे जीवन रक्षाको माग गर्दै पीडितका परिवारले विरोध प्रदर्शन गरेका थिए ।

प्रर्दशनका क्रममा सहभागी बालकसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। रुसमा सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता र अलपत्र परेकाहरूको उद्दारको माग राख्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।
सो क्रममा प्रहरीले करिब १४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। रुसी सेनामा आवद्द नेपालीकाे जीवनरक्षार्थ अभियानकी अभियन्ता कृतु भण्डारीसहित १५ जना जनालाई नियन्त्रणमा लिएको आन्दाेलनकारीले जनाएका छन् ।
प्रकाउ पर्नेमा कृतु भण्डारी, टेक बटाला, सोनुलाल यादव, चादनी विष्ट, गोमा राई, जानुका सुनुवार, सम्झना अधिकारी, जशुधन राई, रोजी पुन, गीता घर्तीमगर, बुद्धिमाया ब्रामु, साता सुनुवार, उमेश तामाङ, गोकर्ण राई र मीनबहादुर दाहाल रहेका कृतु भण्डारीले जानकारी दिईन ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस