यस्तो छ आजको सुनको मूल्य

धनकुटा एफ. एम.
१३ असार २०८१, मंगलबार

स्थानीय बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि अघिल्लो दिनकै मूल्यमा सुन कारोबार भइरहेको हाे।

मंगलबार सुनको मूल्य १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो। यसअघि जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।