जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न
धनकुटा । धनकुटामा रहेको श्री जनउत्थान बहुउद्देश्यीय सहकारी संस्था धनकुटाको १८ औं वार्षिक साधारणसभा तथा अधिवेशन आज धनकुटामा सम्पन्न भएको छ ।
जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन कार्याक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदी, सामुदायीक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास, सहकारीका सल्लाहकार यज्ञप्रकाश चापागाईं, साथी ऋण तथा वचत सहकारी संस्थाका सचिव रोशन श्रेष्ठ लगायतले पछिल्लो समयमा सहकारी संस्थाप्रति बढ्दै गएको अविश्वासको खाडल पुर्न सहकारीकर्मी, सञ्चालक समिति र सहकारी कर्मचारी इमान्दार बन्नुपर्नेमा जोड दिनभभयो ।
सो अवसरमा असल कारोवारकर्ता सिलु कार्की र उत्कृष्ट वचतकर्ता अभिनास श्रेष्ठलाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी संगिता राईलाई सम्मान गरिएको छ ।
२०६४ मा स्थापना भएको जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थाको ७ सय १४ जना शेयर सदस्य रहेका छन् । अध्यक्ष उर्गेन शाक्यका अनुसार सो सहकारी संस्थाको उनान्साठी करोड २१ लाख १० हजार शेयर पुजी रहेको छ भने आर्थिक वर्ष २०८१/८२ मा १ करोड ५२ लाख ४५ हजार ७ सय ९१ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
सोहो आर्थिक वर्षमा ३ करोड ९३ लाख ६७ हजार ४ सय ५६ रुपैयाँ ऋण लगानी गरेको छ । तर सो सहकारीले २० लाख ३१ हजार ४ सय ४७ रुपैयाँ ब्याज उठाउन सकेको छैन । सो सहकारीले चालू आर्थिक वर्षमा १ लाख ९४ हजार २०५ रुपैयाँ नाफा कमाएको छ ।
जनउत्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उर्गेन शाक्यको अध्यक्षतामा सो १८ औं वार्षिक साधारणसभा तथा अधिवेशनका सन्चालन मोहन घिमिरेले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस