नगद राशीसहित पत्रकार, लेखक तथा गीतकार गीता अधिकारी सम्मानित

धनकुटा एफ. एम.
१९ असार २०८१, सोमबार

काठमाडौं। वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि उहाँले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको हो ।

केसीले आफ्ना स्व.हजुरबुबा-हजुरमुमा तथा स्व.बुबाआमाको सम्झनमा स्थापना गर्नुभएको नगद राशीसहितको सम्मान पत्रकार, लेखक तथा गीतकार गीता अधिकारीलई अर्पण गर्नुभएको थियो । अधिकारीलाई वरिष्ठ कलारका मदनकृष्ण श्रेष्ठ र केसीले माला, खादा, सम्मान पत्र र पुरस्कार राशी अर्पण गर्नुभएको थियो ।

सो अवसरमा हास्यकलाकार नरेन्द्र कंस्कार, तैयव शाह, धनराम मुस्कान र नवहास्यकलारमा दिनेश काफ्ले एवम् सीता न्यौपाउने, चरित्र खलनायकतर्फ राजकुमार साह, समाजसेवीतर्फ मेघबहादुर सुवेदी र ओमबहादुर केसीलाई सम्मान अर्पण गरिएको थियो ।

हास्यकलाकार केसीले असार १५ लाई कलाकारको भेटघाट गर्ने दिनको रूपमा मनाउने गर्नुभएको छ ।