लेदो बग्न थालेपछि अरनिको राजमार्गमा सवारी बन्द

धनकुटा एफ. एम.
२८ असार २०८१, बुधबार

सडकमा लेदो बग्न थालेपछि काभ्रेमा सवारी साधन रोकिएका छन्।अरनिको राजमार्गमा अविरल वर्षाको कारण सडक हिलो भएपछि सवारी साधन रोकिएका हुन् । पहिरो र हिलोको कारण निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा गाडी गुडाउन समस्या भएपछि बुधबार बिहानदेखि बाटो दुवैतर्फ सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा सबै सवारीसाधन रोकिएका छन्।प्रहरीले बाटो खुलाउने हरसम्भव प्रयास गरिरहेको जनाएको छ।हिलो–लेदो माटोमा मालवाहक गाडी फसेका छन्। जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।