शेयर बजार आज ५४ अङ्कले बढ्यो
काठमाण्डौ – शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । आज ५४ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । नेप्से २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिटिजन्स म्युचल फन्ड–२ को शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
आज सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै पाँच वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । । आज तीन सय ६ वटा कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब पाँच करोड रुपैयाँभन्दा धेरैमा कारोबार भएको छ । कारोबार रकम झन्डै ३५ महिनायताकै धेरै हो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस