वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद जोशीको निधन
वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद ९एलपी० जोशीको निधन भएको छ। झापाको विर्तामोड निवासी ८८ वर्षीय गायक जोशीको बिहीबार साँझ निधन भएको हो । विर्तामोडस्थित घरमा बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका उनलाई उपचारको लागि अस्पताल लैजानेक्रममा निधन भएको हो।
उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए। उनी गत महिना राष्ट्रपतिबाट सम्मानित भएका थिए। जोशीका रेडियो नेपालमा रेकर्ड गरिएका ४५ मध्ये अधिकांश गीत अझै पनि चर्चित छन्। उनले २०१३ सालमा पहिलोपटक ‘नेपालको माया, नेपाल कस्तो छ’ बोलको गीत रकेर्ड गराएका थिए।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस