रुख ढल्दा नारायणगढ-मुग्लिन सडक बन्द, सडक अवरोध हटाउन समय लाग्ने

धनकुटा एफ. एम.
१७ भदौ २०८१, आइतबार

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ।

सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए।