घट्यो सुनको मूल्य

धनकुटा एफ. एम.
२ असोज २०८१, मंगलबार

काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

ब्याजदर घट्दा सुनतिर लगानी आकर्षित हुन गई मागसँगै मूल्य बढ्ने गरेको छ ।चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी यस दिन १९०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।