५ जना सवार ट्याक्टर सेती नदीमा खस्यो, २ व्यक्ति बेपत्ता
बुधबार बिहान सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्।ल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्।
बेपत्ता अर्काको पहिचान खुलेको छैन।उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ।बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको हो।ट्याक्टरको नम्बर खुलेको छैन।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस