पर्लको ३०औ बार्षिक उत्सब सम्पन्न

धनकुटा FM
२७ फागुन २०८१, सोमबार

कानेपोखरी मोरङ
२६ फागुन, २०८१
मोरङको कानेपोखरीमा रहेको पर्ल एकेडेमी इंगलीस स्कुलले ३० औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । फागुन २३ गते विद्यालयको हाताभित्र अभिभावक दिवस तथा विद्यार्थीहरुको विभिन्न सांगितिक प्रश्तुतिहरुका साथ कार्यक्रम सन्चालन भएका थिए ।
कार्यक्रममा बिधालयमा अध्ययानरत बिधार्थीहरुले बिभिन्न सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । बिधालयको कक्षा ५ देखि कक्षा १० सम्म अध्यान गर्ने बिधार्थीहरुले बिभिन्न खाध्य समाग्रीहरु बनाएर प्रर्दशन गरि बिक्री बितरण गरेका थिए । बिधार्थीहरुलाई ब्यावहार र आर्थिक पक्ष संग जोडी आत्मनिर्भर बनाउने उदेश्यले खाध्य महोत्सबको आयोजना गरिएको बिधालयका प्राचार्य फडिन्द्र अधिकारीले बताए ।

बार्षिक उत्सव कार्यक्रममा सोहि बिधालयमा अध्यानरत बिधार्थीहरुले बिज्ञान एवम हस्तकला प्रर्दशनी गरेका थिए । अभिभावक संग लक्षित कार्यक्रम भएकाले बिधालयका अभिभावक लक्षित बिभिन्न मनोरंझनात्मक तथा प्रतियोगितात्मक खेलहरुको समेत आयोजना गरिएको बिधालयकी निर्देशक मन कुमारी गुरुङले बताइन ।
कार्यक्रममा कक्षा १२ उतिर्ण गरेका ६२ जना बिधार्थीहरुलाइ सम्मान गरिएको थियो । बिधालयको बार्षिक उत्सबको अबसरमा बिधालयमा लामो समय देखि अध्यान अध्यापन गराउने बिधालयका प्रधानाध्यपक फडिन्द्र अधिकारी, बिधालयका इन्चार्ज नन्दन कुमार सरदार, शिक्षिका मेनु्का पौडेल,रिता लम्साल र चन्दना कटुवाललाई बर्ष उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । सोही बिधालयका पुर्व शिक्षक एवम स्कुल गितका रचनाकार भोला भट्टराईलाई सम्मान गरेको थियो ।
कोशी प्रदेशकी प्रदेश सभा सदस्य माननिय गिता तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा कानेपोखरी वडा नं ६ का अध्यक्ष खड्ग बहादुर बस्नेत, वडा ७ का अध्यक्ष मोहन अधिकारी, बिधालयका अभिभावक डिल्लीराम ओझा, बिशाल तिरुवा कानेपोखरी शिक्षा शाखा प्रमुख चुडामणि रेग्मी र माउण्ट हर्मोन स्कुलका संथापक राजेस कार्की लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
स्थानिय जनप्रतिनिधी,समाजसेबी,शिक्षाप्रेमी,कलाकार र बिधालयका अभिभावकहरुको बाक्लो उपस्तिथी रहको सो कार्यक्रममा बिधालयका प्रधानाध्यपक फडिन्द्र अधिकारीले बिधालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता बिधालयकी निर्देशक मन कुमारी गुरुङले गरेकी थिइन । कार्यक्रमको संचालन बिधालयका शिक्षक जनक ढकाल र मेनुका गौतमले गरेका थिए ।