जनसेवाको पहिलो एस.एल.सी.व्याजको पैतालीस वर्ष पछिको भेटघाट

भोला भट्टराई
१८ चैत २०८१, सोमबार

साहसी खबर
१८ चैत्र, २०८१
कानेपोखरी मोरङ
कानेपोखरी स्थित जनसेवा मा. वि. को पहिलो एस.एल.सी. व्याजका विद्यार्थीहरुको ४५ वर्ष पछिको ऐतिहासिक पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार विद्यालयको सभाहलमा आयोजित पुनर्मिलन तथा भेटघाट कार्यक्रममा अधिकांश सहपाठीहरु विद्यालयक्षेत्रबाट टाढाटाढाबाट आफ्ना वाल्यकाल र यौवनकालमा हाँसखेल गरेका सहपाठीहरुको खोजी र भेटघाटका लागि उत्सुकता र अतितको स्मरणमा भावुकता समेत बोकेर आएका थिए ।
करिव छ दशक अघि कखरा सुरु गरेका जनसेवाका तत्कालीन विद्यार्थीहरु भेटघाटको यो समयमा शारीरिकरुपम उमेर र अनुभवको लामो कथा बोकेर साथीहरुलाई सुनाउन र सुन्न गम्भीर,धैर्य र गौरवका हाउभाउका साथ भेटघाटमा आफू र आफ्नो परिवारको अवस्थाबारे गुरुहरुलाई समेत साक्षी राखेर जानकारी साटेका थिए ।
अधिकांश सहभागीहरु साठीको उमेरबाट उक्लिएर कोही सरकारी सेवाको अवकाशपछिको निवृत्तभरण लिइरहेका वा दोश्रो पुस्ताको पथप्रदर्शनमा गौरव गरिरहेका थिए । प्राविधिक,स्वास्थय,अध्यात्मिक,कृषि र स्वरोजगारका फरकफरक क्षेत्रमा लामो लामो अनुभव र जीवनयापनका पुस्तक बनिसकेका ३६ साले सहपाठीहरु ६३ अंकजस्तै आमनेसामने बसेर भलाकुसारी गर्दै रमाइलो चौतारीमा भेला भएर परम्परागत चलनको जस्तै सुसाउने,रमाउने र हाँस्दै विदा भएर फेरि पनि यस्ता कार्यक्रम गर्नुपर्छ भन्दै विदा भएका थिए ।
पुनर्मिलनको सम्पूर्ण तयारी, संयोजन र साथीभाइ भेला गराउन महत्वपूर्ण भूमिका निभाउने मित्रकारुपमा राम दवाडीलाई सबैले धन्यवाद दिएका थिए । समूहले आफूहरुले एस.एल.सी.परीक्षामा सहभागी हुँदासम्म जनसेवामा अध्यापन गर्ने गुरुहरु हरी प्रसाद भट्टराई,राम पराजुली,शिलानन्द मण्डल,भोला यादव,वुद्धिविदोद वराल,कमल वहादुर भट्टराई, भोला पराजुली,युवराज दवाडी,वलभद्र सुवेदी,सल वहादुर भट्टराई, नेत्र प्रसाद दाहाल र भवानी निरौलालाई सम्मान गरेको थियो ।
पुनर्मिलन कार्यक्रममा जनसेवाका संस्थापक प्र.अ. नरहरी सेढाइँ, पहिलो मा.वि. शिक्षक यज्ञेश्वर निरौला र वर्तमान प्र.अ. प्रमोद निरौला,वर्तमा विद्यालय समिति अध्यक्ष काशीराज थापा, ऐतिहासिक व्यक्ति धनपति पराजुली(पुर्व अध्यक्ष,सन्चालनक समिति) विशेष अतिथि र कार्यक्रमको अध्यक्षता प्रल्हाद थापा रहेका थिए ।
आयोजकका रुपमा ३६ सालको एस.एल.सी. व्याजका सहभागीहरु राम दवाडी,चुडामणि ओझा, कर्ण व. राई, शेषराज भण्डारी, दिपक गिरी, मिनराज भट्टराई,पूर्ण व. राई, बम ब. डाँगी,कूल प्रसाद ढकाल, ध्रुव वि.क., पुष्पराज सिवाकोटी, शम्भू प्रसाई,मन्दिरा प्रसाई, केशव बराल, प्रल्हाद थापा,नरहरी निरौला अनन्तराम बराल पशुपति पराजुली रहेका थिए ।
समूहले निकट भविष्यमा एउटा अक्षयकोष स्थापना गरी विद्यालयमा सेवामूलक विषयमा योगदान गर्न छलफल गरेको छ ।
थप तस्विरहरुः