धनकुटामा बढ्न थाल्यो चोरीका घटना, सुरक्षा माग गर्दै व्यावसायी पुगे सुरक्षा निकाय

धनकुटा एफ. एम.
१० वैशाख २०८२, मंगलबार

धनकुटा । धनकुटा बजार क्षेत्रमा श्रंखलावद्ध रुपमा चोरीको घट्ना बढ्दै गएपछि घट्नामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै धनकुटाका उद्योगी व्यावसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई माग गरेका छन् ।

धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा मदिरा तथा थोक व्यावसायी संघको नेतृत्वमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायलाई ध्यानाकार्षण पत्र बुझाएको छ ।

धनकुटा बजार क्षेत्रमा केही दिनअघिदेखि श्रृंखलाबद्ध ६ वटा स्थानमा चोरीको घट्ना भैसकेकोले चोरीको घट्ना बढ्न नदिन प्रहरी परिचालन गर्न, चोरीमा संलग्नलाई अविलम्व पक्राउ गरी कारवाही गर्न र व्यापारीहरुलाई क्षती पूर्ती उपलब्ध गराउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला पहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक द्धय विष्णु खड्का र सुमन खड्कासँग भेटघाट गरी धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको तर्फबाट चोरीको घट्ना हुन नदिई भयरहित ढंगबाट व्यावसायीहरुलाई व्यापार व्यावसाय संचालन गर्ने वातारण बनाई दिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखहरुलाई ध्यानकर्षण पत्र बुझाउन धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निवर्तमान अध्यक्ष उमेश घिमिरे, धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलकबहादुर महत, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, धनकुटा मदिरा तथा थोक व्यावासयी संघका अध्यक्ष दिजेश शाक्य, धनकुटा उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष निर्मला श्रेष्ठ, महासचिव रामवहादुुुर रायमाझी, निर्वतमान महासचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, निर्वतमान कोषाध्यक्ष शैलेसमान श्रेष्ठ, कार्यकारी सदस्य रेवती अधिकारी, उज्वल कर्माचार्य, धनकुटा मदिरा तथा थोक व्यावसायी संघका सचिव निरोज श्रेष्ठ लगायत सहभागी भएका थिए ।