२धनकुटामा २० किलो गाँजासहित तामाङ पक्राउ
धनकुटा । धनकुटाबाट २० किलो गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको साँगुरीगढी गाउँँपालिका ७ का २० वर्षीया अबि तामाङ रहेका छन् ।
आज धरान तर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्वरको कालो रङको मोटरसाईकललाई साँगुरीगढी गाउँपालिका वडा नं. ७, लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र गाँजा २० केजी फेला परेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा र मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । गाँजासहित पक्राउ परेका तामाङको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस