३ दिने आधारभूत मोबाइल पत्रकारीता तालिम सुरु

धनकुटा एफ. एम.
२० वैशाख २०८२, शुक्रवार

धनकुटा । नयाँ र पुस्ता पत्रकारहरुबीच सहकार्यका लागि ३ दिने आधारभूत मोबाइल पत्रकारीता तालिम सुरु भएको छ ।

अनलाइन मिडिया एजेन्सीको आयोजना र धनकुटा नगरपालिकाको सहयोगमा सुरु भएको सो तालिममा धनकुटाका १५ जना सहभागी भएका छन् ।

सो तालिमको उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवास संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, प्रेस युनियन धनकुटा अध्यक्ष बिनोद घिमिरे, नेपाल पत्रकार महासंघका सल्लाहकार सोभिस चेम्जोङ, फोटो पत्रकार महासंघ धनकुटा अध्यक्ष कविराज घिमिरे, आदिवासी जनजाती पत्रकार महासंघ धनकुटा सचिब डेबिट मगर लगायतका सहभागीता रहेको थियो ।

अनलाइन मिडिया एजेन्सीका सञ्चालक नारायण आठपहरीया राईले सन्चालन गर्नु भएको सो तालिम इन्सेक धनकुटा प्रतिनिधि इश्वर थापाको सभापतित्वमा भएको थियो ।