नमस्ते नेपालद्धारा जेष्ठ नागरिक सम्मानित

धनकुटा एफ. एम.
२३ वैशाख २०८२, सोमबार

धनकुटा । नमस्ते नेपालले पाख्रिवास नगरपालिका वडा नं. १ मा ७० वर्षभन्दा माथिका ८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

नमस्ते नेपालले पाख्रिवास नगरपालिका वडा नं. १ तल्लो सान्नेका सितादेवी धमला, नरमाया थापा, लोकमाया धमला, टेककुमारी धमला, राममाया सिँजाली, लोकमाया बुढाथोकी, चन्द्रमाया राना र मेनुका श्रेष्ठलाई सम्मान गरेको हो ।

हिजो महिला क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रममा पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले सम्मान गर्नुभयो ।

नमस्ते नेपालकी अध्यक्ष अम्बिका धमलाको सभापतित्वमा भएको सो कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनाल, नेपाली कांग्रेसका जगत थापा, नेकपा एमालेका जयबहादुर पाण्डे लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन नमस्ते नेपालका सचिव मुना पोख्रेलले गर्नुभएको थियो भने स्वागत इन्दु दर्नालले गर्नुभएको थियो ।

सो महिला क्षमता अभिवृद्धि तथा सम्मान कार्यक्रममा भीमादेवी खनाल, अम्बिका धमला र कानुन व्यवसायी ठगेन कुमार राईले सहजीकरण गर्नुभएको थियो ।।