अन्तर माध्यमिक विद्यालय स्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न
धनकसटा । धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूल अन्तरमाध्यमिक विद्यालय स्तरीय लोक साँस्कृतिक नृत्य प्रतियोगितामा प्रथम भएको छ ।
धनकुटामा जारी चौथौ औद्योगिक प्रदर्शशनी तथा धनकुटा पर्यटन महोत्सवको अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले धनकुटाको तल्लो टुडिखेलमा आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय लोक साँस्कृतिक नृत्य प्रतियोगितामा याख्खा जातिको संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरेको धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कूलले प्रथम स्थान प्राप्त गरेको हो ।
सो अन्तर माध्यमिक विद्यालय स्तरीय लोक साँस्कृतिक नृत्य प्रतियोगितामा तमोर भ्याली इङलिस सेकेण्डरी बोर्डिङ दोस्रो, दिप इङलिस सेकेण्डरी बोर्डिङ तेस्रो र बाल संसार इङलिस सेकेण्डरी बोर्डिङले सान्त्वना स्थान प्राप्त गरेको छ ।
सो प्रतियोगिताको उद्घाटन कार्यक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, धनकुटा नगरपालिका उपप्रमुख भीमादेवी खनाल, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतको उपस्थिती रहेको थियो ।
सो अन्तर माध्यमिक विद्यालय स्तरीय लोक साँस्कृतिक नृत्य प्रतियोगितामा विजेताहरुलाई भोली हुने समापनमा पुरस्कृत गरिने नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताउनु भयो ।।


प्रतिक्रिया दिनुहोस