धनकुटामा जेठ १४ देखि अन्तरपालिका महिला फुटबल प्रतियोगिता
धनकुटा । धनकुटामा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा यही जेठ १४ गतेदेखि १७ गतेसम्म धनकुटामा अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
२०७७ सालदेखि नियमित रुपमा महिला फुटबल प्रतियोगिता हुँदै आएको छ । यो वर्ष धनकुटाका ६ वटा पालिकाबाट खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । सो प्रतियोगितामा छथरजोरपाटी गाउँपालिकाले भने आर्थिक कारण जनाउँदै सहभागीता नजनाउने भएको छ । सो प्रतियोेगितामा प्रथम हुनेले ६० र दोस्रो हुनेले ३० हजार पाउने छन् ।
आयोजना अबधिभर ६ लाख खर्छ हुने अनुमान गरिएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा हुन लागेको महिला फुटवल प्रतियोगिता पाचौं संस्करणको खेल हो । अघिल्ला वर्षहरुमा प्रदेश स्तरीय हुँदै आएकोमा यो वर्ष भने धनकुटामा सीमित गर्दै पालिका स्तरको हुन लागेको हो ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर बहादुर श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरिबहादुर लम्जेल, सल्लाहकार सत्यनारायण श्रेष्ठ लगायतले महिला फुटवल क्षेत्रको बारेमा बोल्नुभएको थियो । सो पत्रकार सम्मेलनमा उपाध्यक्ष सीता श्रेष्ठले गर्नुभएको थियो ।
सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज गरेको पत्रकार सम्मेलनमा धनकुटाका अधिकांस पालिकाहरु महिला फुटबल खेलप्रति अनुदार देखिएको आरोप लगाएको छ । फुटबल खेलमा लगानी गरे पनि महिला फुटवल प्रतियोगिता गर्न बजेट छुट्याउन हिच्किचाउने गरेको आयोजकले गुनासो गरेका छन् । आगामी वर्ष महिला फुटबल खेलको लागि बजेट बिनियोजन गर्नुपर्ने माग पनि आयोजकले गरेको छ ।
२०३० चैत ३० मा बिराटनगरमा भएको बम काण्डमा धनकुटा ७ का रामकृष्ण श्रेष्ठको मृत्यु भएको थियोे । त्यो बेला श्रेष्ठ ३२ वर्षको हुनुहुन्थ्यो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस