पाख्रिबासमा डेरि ल्याबरेटोरी टेक्निसियन सम्बन्धी ५ दिने तालिम सम्पन्न

धनकुटा एफ. एम.
९ जेठ २०८२, बिहिवार

नेपाल डेरि एसोसिएसन कोशी प्रदेश र सहज परियोजनाको सहकार्यमा डेरि ल्याबरेटोरी टेक्निसियनहरुका लागि ५ दिने तालिम सम्पन्न भएको छ ।

पाख्रिबास नगरपालिकामा जेठ ४ गतेदेखि शुरु भएको सो तालिम आज सम्पन्न भएको छ ।

धनकुटा र भोजपुरका १६ जना दुग्ध किसान र प्राविधिकहरुको सहभागीता रहेको सो तालिममा सहभागीहरु पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र नेपाल डेरि एसोसिएसन धनकुटाका अध्यक्ष राजु घिमिरेले संयुक्त रुपमा प्रमाणपत्र वितरण गर्नु भयो ।

५ दिनसम्म सन्चालन भएको सो तालिममा सहभागीहरुलाई राम तपेश्वर चौधरी र सरोज खनालले प्रशिक्षण दिनुभएको थियो ।