एमाले धनकुटा ३ को वडा भेला सम्पन्न
धनकुटा । नेकपा एमाले धनकुटा नगरको वडा नम्बर ३ स्थित वडा भेला सम्पन्न भएको छ ।
शनिबार भएको सो वडा भेला नेकपा एमाले धनकुटाका अध्यक्ष शिव लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो ।
सो भेलामा शकुन्तला राइको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी गठन भएको छ ।
सो भेलामा नेकपा एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छारा, नगर कमिटी सचिव लक्ष्मण घिमिरे, अनेमसंघ नगर अध्यक्ष तुलषापौडेल लगायतको उपस्थिति रहेको थियो ।
सो भेलामा वडा नं. मा गठन भएका विभिन्न टोल कमिटीका नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस