सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबलको फाइनल आज

धनकुटा FM
२० जेठ २०८२, सोमबार

धनकुटा । धनकुटामा जारी पाँचौ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता अन्तर्गत आज फाइनल हुने भएको छ ।

आज हुने फाइनल खेल धनकुटाको पाख्रिबास नगरपालिका र चौविसे गाउँपालिकाबीच हुने खेल संयोजक गोविन्द राईले जानकारी दिनुभयो ।

हिजो पाख्रिबास र साँगुरीगढीबीच भएको सेमीफाइनल खेलमा पाख्रिबासले सडनडेथका आधारमा पाख्रिबास फाइनल प्रवेश गरेको थियो ।

विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउने आयोजक सहिद रामकृष्ण समृति प्रतिष्ठानले जनाएको छ ।।