चियासँग कविताको सत्रौं श्रृंखला धनकुटामा सम्पन्न
धनकुटा । पछिल्लो समयमा चियाँसँग कविता कार्यक्रमको चर्चा र परिचर्चा भइरहेको छ । साथै नयाँ र पुराना सर्जकहरुको आकर्षण बढ्दै गएको छ ।
धनकुटाकै पहिलो सामुदायीक रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविताको सत्रौं श्रृंखलामा धनकुटाका नयाँ र पुराना सर्जकहरुले आ–आफ्ना श्रृंजनाहरु सुनाएका छन् । सर्जकहरुले आफ्नो सिर्जनामार्फत समाज परिवर्तनसँगै पछिल्लो राजनीतिक घटना क्रमका बारेमा समेत टिप्पणी गरेका छन् । साथै सर्जकहरुले माया प्रेमका सिर्जना सुनाएका थिए ।
शुक्रबार भएको चियासँग कविता कार्यक्रमको सत्रौं श्रृंखलामा सर्जकहरु मुकुन्द प्रयास, घनश्याम बराल, रमेशचन्द्र अधिकारी, खोम दियाली, भुषण श्रेष्ठ, गोपाल बराइली, नेहा राई, जयादेवी पोख्रेल, रेखा क्षेत्रीका साथै १० वर्षीय रिजन लिम्बुले पनि आफ्ना सिर्जनाहरु पस्किनुभएको थियो ।
फागुन २ गतेदेखि धनकुटामा निरन्तर साप्ताहिक रुपमा चियाँसँग कविता भइरहेको छ । चियासँग कविता कार्यक्रमलाई नयाँ र पुराना पुस्ताका सर्जकहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको चियासँग कविता कार्यक्रमका सञ्चालक गोपाल बराइलीले बताउनु भयो । धनकुटाको साहित्यीक विकासका लागि भन्दै शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस