सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्मेलन सकिएको छ ।
आज बिहानका राती सम्पन्न सो आठौं जिल्ला सम्मेलनले गोमा कार्कीको अध्यक्षतामा ४१ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।
जसको उपाध्यक्षद्धयमा टंकमाया पाङ्मी मगर र अस्मिका राई, सचिवमा सम्झना आले, उपसचिवमा मेनुका पौडेल र कोषाध्यक्षमा शान्ता रसाइली रहनुभएको छ ।
सम्मेलन उद्घाटपछि प्रारम्भमा सहमतिको प्रयास गरिएको थियो । तर नेतृत्व चयनका लागि रस्साकस्सी शुरु भएसँगै नेतृत्व चयनका लागि निर्वाचन मण्डलले नोमिनेसन गराएको थियो । अध्यक्ष पदका लागि अध्यक्ष तारा तितुङ र सचिव गोमा कार्कीले उम्मेदवारी दर्ता गरे पनि सहमतिको प्रयास गरिएको थियो । अन्ततः आज विहानका राति सहमतिमा नयाँ कार्य समिति बनेको हो ।
यसअघि हिजो भएको आठौं जिल्ला सम्मेलनमा अनेमसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज मेनुका काफ्ले, नेकपा एमालेका केन्द्रिय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राई, केन्द्रिय सदस्यहरु बिनादेवी राई, सकुन्तला बस्नेत, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य यज्ञकुमारी रुचाल, मन्जु कार्की, कोशी प्रदेशसभा सदस्यद्धय निरेन राई र इन्द्रमणी पराजुली, नेकपा एमाले कोशी प्रदेश सदस्यहरु साबित्रा राई, रामकुमारी राई रोजा, कोशी प्रदेश लेखा कमिटी उपाध्यक्ष मदन बसेल, नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला, संबिधानसभा सदस्य लिला सुब्बा, अन्तरपार्टी महिला सन्जालकी सुमिना तिमिल्सिना लगायतले शुभकामना दिनु भएको थियो ।
अखिल नेपाल महिला संघ धनकुटा अध्यक्ष तारा तितुङको अध्यक्षतामा सुरु भएको सो सम्मेलनको उद्घाटन कार्यक्रममा उपाध्यक्ष निर्मला इवाहाङले स्वागत गर्नुभएको थियो भने सचिब गोमा कार्कीले स्वागत गर्नुभएको थियो । नेकपा एमाले धनकुटा पार्टी कार्यालयको हलमा सुरु भएको सो सम्मेलनमा अध्यक्ष तितुङले प्रतिवेदन पेश गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस