भेटेरीनरी अस्पताल धनकुटाद्धारा धनकुटामा सञ्चालित मासु पसलहरुको अनुगमन

धनकुटा FM
१५ असार २०८२, आइतबार

धनकुटा । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले धनकुटामा सञ्चालित धनकुटाका मासु पसलहरुको अनुगमन गरेको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले आज धनकुटाको पाख्रिबास, हिले, सिधुवा र धनकुटामा रहेका विभिन्न मासु पसलहरुको अनुगमन गरेको हो ।

उद्योग, कृषी तथा सहकारी मन्त्रालय विराटनगरका पशु चिकित्सक डा. देवकुमार दर्लामी, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख हिमादेवी गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनकुटाका खाद्य अधिकृत सुशिल कोइराला, जिल्ला प्रशासन कार्यालय धनकुटाका सोमबहादुर श्रेष्ठ, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु विकास अधिकृत दिनेश कार्की लगायतको टोलीले धनकुटामा सञ्चालित मासु पसल र औषधी पसलहरुको अनुगमन गरेको हो ।

सो टोलीले पाख्रिबास, हिले, सिधुवा र धनकुटा बजार भित्रका १९ वटा मासु पसल र६ वटा भेटेरीनरी औषधी पसलहरुको अनुमगन तथा निरिक्षण गरेको हो ।

कुनैकुनै पसलहरुमा सरसफाईहरुमा कमजोरी देखिएको थियो भने प्रायः सबै पसलहरुले कागजपत्रहरु सही अवस्थामा राखेको पाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु विकास अधिकृत दिनेश कार्कीले जानकारी दिनुभयो ।