धनकुटामा खोरेत रोग नियन्त्रण गर्न सबैसँग समन्वय गरिने
धनकुटा । खोरेत रोग नियन्त्रण जिल्ला स्तरीय प्राबिधिक समितिको बैठक सम्पन्न भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनकुटाको आयोजनामा भएको सो बैठकले जिल्लामा खोरेत रोग नियन्त्रण गर्न सबै स्थानीय तहसंग सहकार्य गर्ने निर्णय गरेको छ । साथै सो बैठकले खोरेत रोग विरुद्ध खोप लगाए पनि थप रोग देखिन सक्ने भएकाले यसको नियन्त्रणका लागि सचेतना अपनाउने निर्णय पनि गरको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धनकुटाका प्रमुख हिमादेवी गौतमको सभापतित्वमा भएको सो बैठकमा उद्योग, कृषी तथा सहकारी मन्त्रालय विराटनगरका पशु चिकित्सक डा. दिपा दिवाली, डा. देवकुमार दर्लामी, डा.सुजन राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय अधिकारी प्रविनहाङ योङहाङ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरतकुमार थापा क्षेत्री, कृषी ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राना, जिल्ला मासु व्यजायी संघ धनकुटाका अध्यक्ष मिलनकुमार खड्गी लगायत धनकुटाका सात वटा पालिकाका पशु शाखा अधिकृतहरुको सहभागिता रहेको थियो ।
धनकुटामा आएको खोरेत विरुद्ध ४३ हजार ५ सय खोप सबै पालिकामा पठाइएकोमा ४२ हजार ८ सय खोप लगाई सकिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु विकास अधिकृत दिनेश कार्कीले जानकारी दिनुभयो ।
अहिलेसम्म यो वर्ष धनकुटामा खोरेत रोगको लक्षण देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस