पाख्रिबासमा पत्रकार र सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न

धनकुटा FM
२६ असार २०८२, बिहिवार

धनकुटा । स्वास्थ्य प्रवद्र्धनका लागि पत्रकार र सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।

स्वास्थ्य निर्देशानालयको आयोजनामा धनकुटाको पाख्रिबासमा बुधबार भएको सो कार्यक्रममा कोशी प्रदेशका ७ जिल्लाका सन्चारकर्मीहरुको सहभागिता रहेको छ ।

स्वास्थ्य निर्देशानालयका निर्देशक ज्ञानबहादुर बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका विदुर खवास, मोरङका अध्यक्ष सुशीला पाठक, संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ, भोजपुरका उपाध्यक्ष सारदा तामाङ, झापा कोषाध्यक्ष मुक्ति पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा स्वास्थ्य निर्देशानालय धनकुटाका जनस्वास्थ्य अधिकृत अधिकृत स्मृती लुईटेलले स्वास्थ्य निर्देशानालय धनकुटाले चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यहरुको जानकारी दिनुभएको थियो ।

स्वास्थ्य निर्देशानालय धनकुटाका मनोबिद श्रृजना भण्डारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन तुलसी गुरागाईले गर्नु भएको थियो ।