धनकुटाको पाख्रीबास -३ मा माओवादी केन्द्र परित्याग सिंगो बस्ती नै एमाले प्रवेश

धनकुटा FM
२ साउन २०८२, बिहिवार

धनकुटा । जरा केन्द्रित अभियान सम्पन्न गरेको नेकपा एमाले धनकुटाले पछिल्लो समयमा पार्टी प्रवेश अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ३ मा सिंगो टोल नै एमालेमा प्रवेश गराएको छ ।

पाख्रीबास नगरपालिका वडा नं. ३ खोलीटारमा २३ घरको बसोबास छ । यो सिंगो माओवादीको आधार क्षेत्र भएको बस्ती पनि हो । यो बस्तीमा रहेका झण्डै १ सय ५० जना नै नेकपा माओवादी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुले जानकारी दिनुभयो ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राई, जिल्ला अध्यक्ष शिव आङ्ला, जिल्ला सचिवालय सदस्य नम्रता गौतम देउजा र पाख्रीबास नगर कमिटी उपाध्यक्ष मदन राई लगायतले अबिर, खादा र माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा केन्द्रिय सदस्य राईले जनतालाई शिरमा राखेर काम गर्ने र मतको कदर गर्ने बताउनुभयो । उहाँले स्थानीयको आवश्यकता अनुसार विकास निर्माणमा सँधै साथ सहयोग रहने र जनताको मतको सधैं कदर गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सोही अवसरमा स्थानीयले मुगाखोला खोलीटार–आपटारी बगर सडक स्तरोन्नति र खोलीटार–आपटारी विद्युत बिस्तार लगायतका योजनामा बजेट बिनियोजन गर्न माग गरेका छन् ।