उच्च अदालत विराटगर धनकुटा इजलासमा मुद्दाको फैसलामा ९१ दशमलव प्रतिशतले प्रगति

धनकुटा FM
३ साउन २०८२, शुक्रवार

धनकुटा । उच्च अदालत विराटगर धनकुटा इजलासले एक वर्षको अवधीमा ३६६ वटा मुद्दाको फैसला सुनाएको छ ।

यो वर्ष नयाँ र पुराना गरी ४ सय १ वटा मुद्दा दर्ता भएकोमा ३ सय ६६ वटा मुद्दाको फैसला सुनाउँदै ९१ दशमलव २७ प्रतिशतले प्रगति गरेको छ । उच्च अदालत बिराटनगर धनकुटा इजलासका रजिष्ट्रार श्री राजकुमार दाहालका अनुसार उच्च अदालत बिराटनगर धनकुटा इजलासमा अब ३५ वटा मात्रै मुद्दाको फैसला हुन बाँकी छ ।

त्यसैगरी उच्च अदालत विराटनगर धनकुटा इजलास र मातहत जिल्ला अदालतहरुले पनि उच्च प्राथमिकताका साथ मुद्दाको फैसला गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ मा भोजपुर जिल्ला अदालतमा ४ सय ९२ मध्ये ३ सय ४१ वटा मुद्दा फस्र्यौट भएको छ । भोजपुरमा ६९.३० मुद्दा किनारा लागेको छ भने अब १ सय ५१ मुद्दा फैसलाको चरणमा छन् ।

त्यसैगरी संखुवासभा जिल्ला अदालतमा परेका ५ सय ९९ वटा मुद्दामध्ये ४ सय २५ वटा फस्र्याैट भएका छन् । संखुवासभा जिल्ला अदालत ५ सय ९९ वटा मुद्दा दर्ता भएकोमा ४ सय २५ को फैसला गर्दा ७२.०३ उपलब्धी हासिल भएको छ । अब संखुवासभा जिल्ला अदालतमा १ सय ६५ वटा मुद्दाको फैसला हुन बाँकी छ ।

उच्च अदालत विराटनगर धनकुटा इजलासका शाखा अधिकृत/सुपरिवेक्षक/प्रशासन शाखा प्रमुख/सूचना अधिकारी ललित कुमार विकेका अनुसार तेह्रथुम जिल्ला अदालतका ४ सय ९९ वटा मध्ये ३ सय वटा मुद्दा फस्र्याैट भएका छन् । यसरी हेर्दा तेह्रथुम जिल्ला अदालतमा ७७.२२ प्रतिशत मुद्दा किनारा लागेका छन् । अब तेह्रथुममा १ सय वटा मात्र मुद्दा फैसला हुन बाँकी रहेको छ ।