माओवादी केन्द्र धनकुटाको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार धनकुटामा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सो प्रशिक्षण पार्टीको भावी रणनीति, योजना, अभियान र आन्दोलन बारे उपमहासचिव गजुरेलले प्रशिक्षण दिनुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा उपमहासचिव गजेरेलले धनकुटामा २०६४ सालको निर्वाचनमा माओवादीले जित हासिल गरे जसरी नै आगामी निर्वाचनमा जित हासिल गर्न संगठन बिस्तारमा लाग्न निर्देशन समेत दिनु भयो । उहाँले जितका लागि पार्टी संगठन निर्माण नै मुख्य भएको बताउनु भयो ।
सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धनमाया विश्वकर्मा, कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिक्सो’, प्रदेश सचिब गणेश उप्रेती ‘सुशिल‘, अनेम संघ (क्रान्तिकारी) कोशी प्रदेश अध्यक्ष लता न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
पार्टीका जिल्ला अध्यक्ष कुसुम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा माओवादी केन्द्रका धनकुटा जिल्ला भित्रका ७ वटै पालिकाका पदाधिकारीहरु , वडा समिति अध्यक्षहरू, जनवर्गीय संगठनहरुका अध्यक्षहरू र जिल्ला सदस्यहरूको उपस्थिति रहेको अनेम सघ (क्रान्तिकारी) कोशी प्रदेश सदस्य तथा माओवादी केन्द्र महालक्ष्मी नगरसमिति उपाध्यक्ष सानु कार्की बस्नेतले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस