चौविसेमा भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई धनी पूर्जा वितरण गरिने
धनकुटा । भूमी समस्या समाधान आयोग धनकुटा जिल्ला समितिले धनकुटाको चौविसे गाउँपालिकामा भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्ने भएको छ ।
आयोगले त्यसका लागि चौविसे गाउँपालिका अध्यक्षसहित जननिर्वाचित जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृतहरु र वडासचिवहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
चौविसे गाउँपालिकाका अध्यक्ष राज कुमार चेम्जोङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग धनकुटा जिल्लाका सदस्य तथा चौविसे र सागुरीगढी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका संयोजक विजय सन्तोषी राईले कार्यक्रमको सहजीकरण गर्दै धनकुटाको चौविसे गाउपालिकामा भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासीहरुलाई जग्गाधनी पूर्जा वितरण गरी जग्गा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।
सो अवसरमा चौविसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्मी मगर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सोभित तुम्बा, भूमी समस्या समाधान आयोग धनकुटाका विज्ञ सदस्य नविन किशोर शाक्य, सदस्य देवकला पौडेल, चौविसे गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सचिवहरु लगायतको उपस्थित िरहेको थियो ।
चौविसे गाउँपालिककामा ८ जना भूमिहिन दलित सुकुम्वासी, ३२ जना भूमिहिन सुकुम्वासी र ८ सय ४० जना अव्यवस्थित वसोवासीहरु गरी जम्मा ८ सय ८० जनाले जग्गा पाउन निवेदन दिएका छन् ।
भूमी समस्या समाधान आयोग धनकुटाले केही दिन अघि मात्र धनकुटाका साँगुरीगढी गाउँपालिकामा ५ जना भूमिहिन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराई जग्गा धनी पूर्जा वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस