धनकुटा इन्स्टिच्युट अफ हेल्स साइन्सद्धारा टिभी हस्तान्त्रण
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ४ स्थित श्री पञ्चमी पार्कमा रहेको बाल उद्यान केन्द्रलाई ४३ इन्चको टिभी हस्तान्त्रण गरिएको छ ।
धनकुटामा रहेको धनकुटा इन्स्टिच्युट अफ हेल्स साइन्स धनकुटाले सो केन्द्रमा रहेका अनाथ बालबालिकालाई मनोरञ्जन लिन सहज बनोस् भन्ने उदेश्यले ४३ इन्चको टिभी वितरण गरेको हो ।
सो बाल उद्यान केन्द्रमा १३ जना अनाथ बालबालिकाहरु रहेका छन् । उनीहरुलाई धनकुटा इन्सिच्युट अफ हेल्स साइन्स धनकुटाका निर्देशक रामनारायण प्रसाद शाह रामाले ४३ इन्चको टिभी हस्तान्त्रण गर्नुभयो ।
सो अवसरमा धनकुटा इन्स्टिच्युट अफ हेल्स साइन्सका प्शासन प्रमुख खगेन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस