नातीको जन्म दिनमा समाजसेवी बस्नेतद्धारा बाल उद्यान केन्द्रलाई सहयोग
धनकुटा । पछिललो समयमा महंगा होटल वा पाटी गरेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ । कतिपयले चाँही आफ्ना साथीभाईहरु भेला पारेर घरमै केट काटेर पनि जन्म दिन मनाउने गरेका छन् । तर पाख्रिबास ४ का समाजसेवी राजेन्द्र बस्नेतले भने आफ्नो नातीको जन्म दिन बाल आश्रममा विभिन्न सामाग्रीहरु वितरण गरेर मनाएका छन् ।
समाजसेवी बस्नेतले आफ्नो नाती आरीटको जन्म दिनको अवसर पारेर धनकुटा नगरपालिका वडा नं. ४ स्थित श्री पञ्चमी पार्कमा रहेको बाल उद्यान केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई बिद्यालय जान प्रयोग हुने झोलासहित खाद्यन्न समाग्रीसहित विभिन्न सामाग्रीहरु पनि वितरण गरेर मनाउनु भएको छ ।
समाजसेवी बस्नेतले सो अवसरमा सो आश्रममा रहेका बालबालिकाहरुका लागि १३ वटा झोला, १३ जोर मोजा वितरण गर्नुभएको छ । त्यसैगरी उहाँले ५० केजी आलु, १० केजी प्याज, मासु ५ केजी, दही ४ लिटर, ५ केजी आँप र ५ केजी चिउरा वितरण गर्नुभएको छ । साथै उहाँले बालबालिकाहरुलाई आज बिहानको खाना पनि खुवाउनु भएको छ ।
समाजसेवी बस्नेतले सो आश्रममा रहेका बालबालिकालाई विद्यालय जान चाहिने झोला र अन्य सामाग्रीहरु वितरण गरेको बताउनु भयो । सो अवसरमा मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल गरागाई र व्यवस्थापक सुशीला मिश्रको लगायतको उपस्तिथती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस