धनकुटा लेडिज जेसिसद्धारा एभोकाडो पार्कमा सरसफाई सम्पन्न, जेसिस सप्ताह भदौ ७ मा सकिने

धनकुटा FM
२० साउन २०८२, सोमबार

धनकुटा । जेसिस सप्ताहको अवसरमा धनकुटा लेडिज जेसिसले सरसफाई गरिएको छ । धनकुटा लेडिज जेसिसले जेसिस सप्ताहको अवसर पारेर आज धनकुटा नगरपालिका वडा नं. ६ एभोकाडो चोक आसपासमा सरसफाई गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको सहआयोजनामा भएको सो सरसफाई कार्यक्रममा लेडिज जेसिस धनकुटाका अध्यक्ष जेसी सरस्वती राई, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी शरद कुमार थापा क्षेत्री, धनकुटा लेडिज जेसिसका संस्थापक अध्यक्ष प्रमिशा थापा, पूर्वअध्यक्षहरु विशिका श्रेष्ठ, मुना पोखरेल, उपाध्यक्ष तुलषा पौडेल, महासचिव टिका राई लगायतको उपस्थिति रहेको थियो ।

आजदेखि जेसिस सप्ताह शुरु भएको छ । जेसिस सप्ताहको अवसरमा ७ वटा कार्यक्रहरु सञ्चालन गरिने भएको छ । अन्तिम कार्यक्रम भने भदौ ७ गते उद्घाृषण कार्यक्रम गरेर समाप्त हुने बताइएको छ ।