नेकपा माओवादी केन्द्र सहिदभूमिको अध्यक्षमा देवलकुमार राई सर्वसम्मत चयन

धनकुटा FM
२६ साउन २०८२, आइतबार

नरेन्द्र कस्चित
धनकुटा । नेकपा माओवादी केन्द्र सहिदभूमि गाउँ कार्यसमितिको दोस्रो गाउँ अधिवेशनले देवल कुमार राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

नेकपा माओवादी केन्द्रको सहिदभूमि गाँउपालिका वडा नं ३ को पन्चकन्यामा भएको दोस्रो गाउँ अधिवेशनबाट राईको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको हो ।

नेकपा माओवादी केन्द्र सहिदभूमिको दोस्रो गाउँ अधिवेशनबाट उपाध्यक्ष्मा रघु राई र सफल राई, सचिवमा भानु राई, सह–सचिवमा मोबिल कुमारी राई र दयाराज राई सर्वसम्मत चयन गरिएको छ ।

सो अधिवेसनले सुन्दर राई, सविन राई, मान बहादुर खड्का, शेर बहादुर भूजेल, हरि माया बिसंखे, सरस्वती राई, गणेश राई, बिलासमान राई, कुन्दन राई, भूपाल राई, विजय राई, पवन राई, एसके राई, थाम्बाहाङ राई, थाम बहादुर राई, रेमन्त छारा राई र दूर्गा परियार सदस्य चयनु हुनुभएको छ ।

निर्वाचित कार्यसमितिको आगामी बैठकद्वारा बाँकी रहेको पदहरुमा पदपूर्ति गरिने र गाउँ कार्यसमितिलाई ४५ सदस्यीय बनाएर पूर्णता प्रदान गरिने समेत निर्वाचित अध्यक्ष देवल कुमार राईले बताउनु भयो ।

सो अघिवेसनमा नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य हर्क नेम्वाङ (मिक्सो), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ग्याल्बु शेर्पा, नेकपा माओवादी केन्द्र धनकुटा संयोजक कुसुम कुमारी श्रेष्ठ (जुली), नेकपा माओवादी केन्द्र प्रदेस सदस्य विष्णु माया कन्दवा (कविता), नेकपा माओवादी केन्द्र प्रदेस सदस्य एवं सहिदभूमि गाउँपालिका इन्चार्ज भरत राई लगायतको उपस्थिति रहेको थियो ।