धनकुटामा मनाइयो ३५औं नेपाल पूर्व प्रहरी दिवस, जेष्ठ प्रहरी सम्मानित
धनकुटा । ३५औं नेपाल पूर्व प्रहरी दिवसको अवसरमा धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
पुर्व प्रहरी संगठनका केन्द्रिय सदस्य हर्कनारायण राईको प्रमुख आतिथ्यमा नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति धनकुटाले ३५ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको हो ।
पुर्व प्रहरी संगठन धनकुटाका अध्यक्ष डम्बर कटुवालको अध्यक्षतामा सम्पन्न ३५ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद सुवेदी, उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, नेपाली सेनाका पूर्व मेजर बलवहादुर थापा, भूपू सैनिक संघ धनकुटाका उपाध्यक्ष होमप्रसाद अधिकारी, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, शिक्षक संगठन धनकुटाका अध्यक्ष देवबहादुर खड्का, पत्रकार महासंघ धनकुटा शाखाका सल्लाहकार सन्तवीर लामा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा धनकुटा नगरपालिका वडा नं. १ निवासी जेष्ठ पूर्व प्रहरी प्रेमवहादुर मोक्तान तामाङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस