प्रगतिशील लेखक संघ धनकुटाको चौथो जिल्ला अधिवेसन सम्पन, एलेक्स अध्यक्ष चयन

धनकुटा एफ. एम.
१४ भदौ २०८२, शनिबार

धनकुटा । प्रगतिशील विचारधारा अपनाउने लेखकहरुको संगठन प्रगतिशील लेखक संघ धनकुटाको चौथो जिल्ला अधिवेसन धनकुटामा सम्पन्न भएको छ ।

धनकुटामा हिजो भएको अधिवेसनले पाख्रिवासमा साहित्यकार ध्रुव एलेक्सको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटी बनाएको छ । जसको उपाध्यक्षमा इश्वर थापा, सचिवमा सन्तोष सुवेदी र कोषाध्यक्षमा रेणु पौडेल चयन हुनुभएको छ । सो जिल्ला भेलाले रेखा क्षेत्री, राधिका दाहाल, तारा काफ्ले, दृष्टि श्रेष्ठ, सन्दिप चेम्जोङ लगायतलाई सदस्य चयन गरेको छ ।

यसअघि भएको उद्घाटन कार्यक्रम प्रगतिशील लेखक संघ धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।

सो जिल्ला अधिवेसनमा प्रगतिशील लेखक संघका धनकुटा इन्चार्ज माधव पोख्रेल गोज्याङ्ग्रे, सस्थापक अध्यक्ष डा. गोपाल बहादुर भट्टराई, सल्लाहकार जेपी भुजेल, नेपाल पत्रकार महासंघ धनकुटा अध्यक्ष विदुर सुवेदी, नेपाल साँस्कृतिक महासंघ धनकुटा अध्यक्ष केजी सुब्बा, गर्गाचार्य सामुदायीक विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल लगायतले शुभकामना दिनुभएको थियो ।

सो जिल्ला अधिवेसनमा उपाध्यक्ष अनिल सुवेदीले स्वागत गर्नुभएको थियो कार्यक्रमको सञ्चालन सचिव इश्वर थापाले गर्नुभएको थियो ।