सामाजिक सञ्जालमा अनावश्यक नलेख्न आग्रह, लेखे साइबर कानुनको कसुरमा कारवाही गर्ने चेतावनी

धनकुटा FM
२६ भदौ २०८२, बिहिवार

धनकुटा । पछिल्लो राजनीतिक घटनाक्रमसँगै जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जालहरुमा अनावश्यक नलेख्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले आज एक सुचना जारी गर्दै देशको विषम् परिस्थिती सुधार हुँदै गइरहेको अवस्थामा सामाजिक सञ्जालहरु र अनलाइनहरुमा अर्नगल प्रचार प्रसार, अफवाह, भ्रामक कुराहरु राखी पोष्ट गर्ने, शेयर गर्ने र लाइक नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी सुचनामा त्यस्ता कार्यहरु गरेको पाइएमा साइबर कानुनको कसुरमा कारवाही गरिने चेतावनी दिइएको छ ।

पछिल्ला दिनहरुमा विभिन्न सामाजिक सञ्जालहरुमा आफुखुसी विभिन्न सामाग्रीहरु पोष्ट गरी भ्रम सिर्जना गर्ने काम भइरहेकाले यसलाई रोक्न बाध्य भएर सुचना निकालिएको बताउनु भयो ।