धनकुटाको सहिदभूमिमा ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाइते

धनकुटा FM
२८ भदौ २०८२, शनिबार

धनकुटा । ट्यांटर दुर्घटना हुँदा धनकुटाको छिन्ताङमा १ जनाका घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

ढुुङ्गा बोकेर ढोडेबाट पञ्चकन्या तर्फ आउँदै गर्दा धनकुटाका सहिदभुमी गाउँपालिका वडा नं. ३ पञ्चकन्या नजिक को २ त ८६९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय सह(चालक खगेन्द्र परियारको घटनास्थलमै मृत्यु भएको हो ।

ढुुङ्गा बोकेर ढोडेबाट पञ्चकन्या तर्फ आउँदै गर्दा ट्याक्टर सडकबाट करिब ४० मिटर तल खस्दा सह-चालक परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनताएको छ । चालक सचिन परियार भने घाइते भएका छन् । घाइतेको उपचारको लागि धनकुटा ल्याइएको छ ।

ट्याक्टर अनियन्त्रीत भई बाटोबाट करिब ८० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छिन्ताङले जनाएको छ ।