हर्क साङपाङ अ रेभुलेसनद्धारा धनकुटामा दिप प्रज्वलन
धनकुटा । हर्क साङपाङ अ रेभुलेसनले धनकुटामा दिप प्रज्जलन गरेको छ । रेभुलेसनले धनकुटा नगरपालिका वडा नं. ७ को मदनचोकमा दिप प्रज्जलन गरेको छ ।
हरेक शनिबार धनकुटा नगर क्षेत्रको सरसफाई अभियान गर्दै आएको हर्क साम्पाङ अ रेभुलेसनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा धनकुटामा दिप प्रज्वलन गरेको धनकुटाका संयोजक जितेन्द्र माङपाङले जानकारी दिनुभयो । सो दिप प्रज्वलनमा हर्क साङपाङ अ रेभुलेसनका पदाीधकारीहरु सहित स्थानीयको समेत सहभागीता रहेको थियो ।
यदी भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ । जसमा धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. १० चुङमाङका छत्रमान कुथुमी राईको पनि मृत्यु भएको थियो । उनको बुधबार मात्रै गाउँमा सामाजिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस