पानीपुरी र चटपटे खाँदा धनकुटाको सहिदभूमीमा १५ जना विद्यार्थी बिरामी, स्वास्थ्य अवस्था सामान्य
धनकुटा । पानीपुरी र चटपटे खाँदा धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं. ७ चाम्चास्थित टप्पुदेवी माध्यमिक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका छन् ।
आज दिउँसोको टिफिन टाइममा खाजास्वरुप पानीपुरी र चटपटे खाएका टप्पुदेवी माध्यमिक विद्यालयका १५ जना विद्यार्थी बिरामी परेका हुन् ।
पानीपुरी र चटपटे खाँदा स्थानीय १० वर्षीया सलिना राई, रश्मिका राई, १२ वर्षीय मिलन राई, ९ वर्षीय मिलन राई, ७ वर्षीय एमन राई, ९ वर्षीय मानवी राई, १० वर्षीया समृद्धि बिष्ट र ११ वर्षीय दिपसन राई बिरामी परेका हुन् ।
त्यसैगरी १० वर्षीया मैना राई, १० वर्षीया इनोसेन राई, ९ वर्षीया रीतिका राई, स्रेङ्मा राई, ८ वर्षीया गोमा थापा, ९ वर्षीय योजना राई र ९ वर्षीया सिङसा राई पनि बिरामी परेका हुन् ।
पानीपुरी र चटपटे खाएका उनीहरूमा वान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि तत्काल जिल्ला अस्पताल धनकुटा ल्याइएको सहिदभुमी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष बमबहादुर राई बताउनु भयो । उनीहरूमध्ये ५ जनाको ल्याव परिक्षणका क्रममा सामान्य देखिएपछि अहिले सबैलाई घर लगिएको छ । उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उहाँले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस