भारतीय दूताबासले दियो डाँडाबजारको भानु माविलाई स्कुल बस
धनकुटा । धनकुटाका साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा रहेको भानु माध्यमिक विद्यालयलाई भारतीय दुताबासले स्कुल बस वितरण गरेको छ ।
नेपाल भारतमैत्री संघका केन्द्रिय सल्लाहकार इश्वर श्रेष्ठको पहलमा भारत सरकारले भारतीय दुतावासमार्फत भानु माध्यमिक विद्यालयलाई स्कुल बस प्रदान गरेको हो ।
दुतावासले प्रदान गरेको सो विद्यालय बस एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यस्थापन समितिका अध्यक्ष पूर्ण खजुम, प्रधानाध्यापक कमल सुब्बा, वडा नं. ५ का पूर्व वडा अध्यक्ष टलक बस्नेतले संयुक्त रुपमा बुझ्नु भएको छ । विद्यालयलाई प्रदान गरेको बस डाडाबजार ल्याईएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुमले जानकारी दिनु भयो ।
धनकुटाको डाँडाबजारमा रहेको भानु माधयमिक विद्यालयमा ४ सय २२ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा खुवाफोक, फाक्सिव, राराजानी, डाडाबजार लगायतबाट अध्ययन गर्न विद्यार्थी आउँछन् ।


प्रतिक्रिया दिनुहोस