अविरल वर्षाका कारण सहिदभूमिका ग्रामीण सडकहरुमा क्षति, चट्टयाङ लागेर एक घाइते

नरेन्द्र कश्चित
१९ असोज २०८२, आइतबार

नरेन्द्र कश्चित

धनकुटा । आज विहान सहिदभूमि गाउँपालिका वडा नं १ हाङगुवाका पुर्ण सोताङ राई चट्टयाङ लागेर घाइते भएका छन् । घाइते राईलाई उपचारका लागि हस्पिटल लगिएको छ ।

सहिदभूमिमा हालको अविरल वर्षाका कारण जनको क्षति नभएको तर सहिदभूमिका सबै बडाका ग्रामीण सडकहरुमा भने निक्कै क्षति भएको र गाउँपालिका भित्रका शाखा ग्रामीण सडकहरु पूर्ण रुपमा यातायात सेवा अवरुद्ध भएको सहिदभुमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।

सहिदभूमिमा पहिरोले लगभग ४ वटा घरहरु पुरिएका छन भने घरका मानिसहरुलाई सुरक्षित रुपमा स्थानान्तरण गरिएको समेत गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । साथै थप विवरणहरु प्राप्त गर्न केही दिन लाग्न सक्ने समेत अध्यक्ष राईले बताउनु भयो ।

यसैगरि सहिदभूमि –६ मा अवस्थित श्री ठाकुरदेवी माविको वाल भत्किदा लाखौको क्षति भएको छ । साथै विद्युुत सेवा समेत आंशिक रुपमा अवरुद्ध भएको सहिदभुमीबाट पत्रकार नरेन्द्र कस्चितले जानकारी दिनुभयो ।