मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा सहिदभूमी –२ साम्भुगाउँकी महिलाको मृत्यु

धनकुटा FM
२० असोज २०८२, सोमबार

धनकुटा । धनकुटामा मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२ साम्भुगाउँकी ६४ वर्षीया सोमशेर माया राई छन् ।

गत बिहीबार बिहान करिब साँढे ३ बजे घरमा मोबाइल फोन चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएकी थिइन् । बायाँ हातमा करेन्ट लागेर करिब ९ प्रतिशत भाग डढेकी उनको सोही दिन स्थानीय स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो ।

तर स्वास्थ्यमा पुनः समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उपचारका क्रममा सोमबार दिउँसो १ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा गत बिहीबार दिउँसो उनलाई करेन्ट लाग्दा बाँया हातको करिब १० प्रतिशत भाग जलेको थियो । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको भए पनि सामान्य उपचार पश्चात घर फर्काइएको थियो ।

आज पुनः स्वास्थ्यमा समस्या देखिएपछि धनकुटा जिल्ला अस्पताल ल्याइएको भए पनि उपचारका क्रममा मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।