धनकुटामा झुण्डिएर २ जनाको मृत्यु
धनकुटा । धनकुटाका विभिन्न स्थानमा झुष्डिएर २ जनाको मृत्यु भएको छ । एक जना पाहुुना गएको अवस्थामा र अर्र्का व्यक्ति आफ्नै घर नजिक झुण्डिएर आत्महत्या गरेका हुन् ।
आज बिहान धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. १ मचेपु स्थित पारी खाप्राङ बस्ने ५५ वर्षीय हिकमत दर्जी गोगनको रुखमा कपडाको बाटेको डोरि घाँटीमा पासो लगाई झुण्डिको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
यता, हिजो दिउँसो साँढे ४ बजेतिर धनकुटा सागुरीगढी गाउँपालिका वडा नं. ४ एक्सेरुङ बस्ने ४५ वर्षीय कुलबहादुर लिम्बु ज्यामिरे बस्ने आफ्नै दिदि फुलमाया लिम्बुको घरमा पाहुना गएका बेला दिदिको घरको माथिल्लो तलाको कोठाभित्र घरमा कोहि नभएको अवस्थामा प्लाष्टिकको सुत्रीको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
दुबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुबै जनाको आत्महत्यको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस