स्वर्गीय पूर्ण चौधरीको छोरा आदीत्यलाई छात्रवृत्ति सहयोग
धनकुटा । नेपाल प्रेस युनियन धनकुटाका तत्कालीन कोषाध्यक्ष वर्गीय पूर्णकुमार चौधरीको छोरा आदित्यबिक्रम चौधरीलाई नेपाल बिद्यार्थी परियोजनाले माध्यमिक तहसम्मको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराएको छ ।
नेपाल प्रेय युनियन धनकुटा शाखाको अनुरोधमा नेपाली कांग्रेस धनकुटाको पहलमा नेपाली कांग्रेस धनकुटामा महासमिति सदस्य उदयबहादुर लिम्बुको सक्रियतामा विद्यार्थी परियोजनाद्धारा स्वर्गीय चौधरीको छोरा आदित्यलाई आज दोस्रो बर्षको छात्रवृत्ति रकम प्रधान गरिएको हो ।
लोकतान्त्रिक अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्ष उदयबहादुर लिम्बुले चौधरीलाई माध्यमिक तह अध्ययनका लागि छात्रवृत्तिका लागि १० हजार रुपैयाँ प्रदान गर्नु भयो । उक्त रकम ‘नेपाल विद्यार्थी परियोजना’ ने उपलब्ध गराउँदै आएको छ ।
आदित्य बिक्रम चौधरी स्वर्गीय पूर्ण चौधरीका छोरा हुन् । आदित्य धनकुटाकै बाल संसार इङ्लिस बोर्डिङमा कक्षा ७ मा अध्ययनरत छन् ।
पूर्ण चौधरी धनकुटामा सञ्चालित रेडियो भेडेटारका स्टेशन म्यानेजर र पत्रकार महासंघ धनकुटाका सहसचिव थिए । मुटु सम्बन्धी रोगको उपचारका क्रममा दुई वर्षअघि उनको निधन भएको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल लोकतान्त्रिक अपाङ्ग महासंघ धनकुटा अध्यक्ष प्रेम तुम्वाहाङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, सामुदायीक रेडियो प्रशारक संघका केन्द्रिय उपाध्यक्ष गोपाल बराइली, नेपाल प्रेस युनियनका धनकुटा अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी बहादुर लम्जेल, प्रेस चौतारी नेपालका सचिव सन्तोष सुवेदी लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस