पाख्रीवासको सिंहदेवीदेखि कोसेपानसम्म ६३० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ३ स्थित सिंहदेवी चोकदेखि मुगाखोला उत्तरपानी धर्मशाला मन्सी चौतारा सडक खण्ड अन्तर्गत ६ सय ३० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
संघीय सरकारको समपुरक र पाख्रीवास नगरपालिका गरी कुल २ करोड २० लाख रुपैयाँको लागतमा सिंहदेवी चोकदेखि मुगाखोला-उत्तरपानी-धर्मशाला-मन्सी चौतारा सडक खण्ड अन्तर्गत ६ सय ३० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।
सो सडक खण्ड अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. १० को धर्मशालादेखि मन्सी चौतारोसम्म २ सय मिटर सडक ढलान पनि गरिएको छ ।
साइमन जेभी धनकुटाले ठेक्का पाएको उक्त सडक निर्माणका लागि यस आर्थिक वर्षमा पनि थप ३ करोड ५२ लाख रुपैयाँ बिनियोजन भएको पाख्रिबास नगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष सरोज राईले जानकारी दिनु भयो ।
गत आर्थिक बर्ष २०८१ पुस २२ गतेको सम्झौता अनुसार २०८२ असार १५ मा उक्त काम सम्पन्न हुनुपर्नेमा विविध कारणले २०८२ असोज ५ गते सम्म म्याद थप भई उक्त सडक कालोपत्रेको काम सम्पन्न गरिएको हो ।
निर्माण सम्पन्न भएको उक्त सडककाु शुभारम्भ पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईले गर्नुभयो । उक्त कार्यक्रममा पाख्रिवास नगरपालिकाका उपप्रमुख नम्रता देउजा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोईराला, पाख्रिवास नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सरोज राई, वडा नं. ९ वडाअध्यक्ष सम्झना आले, वडा नं. १० का वडा अध्यक्ष हरी खत्री लगायतको उपस्थिति रहेको थियो ।

धनकुटा एफ. एम.
प्रतिक्रिया दिनुहोस