सिंहदरबार नै जलाउने गरी जेनजी आन्दोलनमा घुसपैठ भएकै हो : राजेन्द्र कुमार राई
धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जेनजी नामक आन्दोलन गलत भएको बताउनु भएको छ ।
आज धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ३ स्थित सिंहदेवी चोकदेखि मुगाखोला उत्तरपानी धर्मशाला मन्सी चौतारा सडक खण्ड अन्तर्गत ६ सय ३० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएपछि आयोजित कार्यक्रममा पूर्वमन्त्री राईले जेनजी नामबाट भएको आन्दोलनलाई स्वीकार गर्न नसकिने बताउनु भयो ।
उहाँले जेनजी आन्दोलनको बहानामा लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्न खोजिएकाले स्वीकार्न नसकिने बताउनु भयो । तर जेनजी आन्दोलन ठीक थियो कि थिएन भनेर आफुले कुनै टिप्पणी नगर्ने बताउनु भयो ।
जेनजी आन्दोलनबाट विगठित प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका राईले जनताबाट निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान कसैले च्यात्न नसक्ने ठोकुवा गर्नुभयो । देशमा सुशाषन आइरहेको बेला जेनजी आन्दोलनका नाममा सिंहदरवार लगायतका सरकारी कार्यालय जल्नु गैरजिम्मेवारी भएको बताउँदै उहाँले संवैधानिक ऐन नियमलाई कुल्चिएर अगाडि बढ्न नसकिने बताउनु भयो ।
उहाँ आफु जनताको प्रतिनिधि भएपछि धनकुटामा समृद्धि आएको बताउनु भयो । पछिल्लो चरणमा धनकुटामा विकासका कामहरु धेरै भइरहेको बताउँदै उहाँले धनकुटाको विकासका लागि धनकुटेली जनता एक हुनुपर्नेमा जोड दिनुभयो ।
https://www.facebook.com/reel/1142301894039248


प्रतिक्रिया दिनुहोस