२ महिनामै धनकुटाका प्रमुख जिल्ला अधिकारी गेलालको सरुवा, गरियो बिदाई
धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको धनकुटा आएको २ महिनामै सरुवा भएको छ ।
दोलखाबाट २ महिना अघि मात्रै धनकुटाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै आउनु भएका गेलालको धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो ।
धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी गेलाललाई हिजो धनकुटाबाट सम्मान गरी बिदाई गरिएको छ ।
धनकुटा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त विदाई कार्यक्रममा धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका उपप्रमुख भिमा देवी खनाल, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका सदस्य नरेन्द्र पोखरेल, नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला, जनता समाजवादी पाटी नेपाल धनकुटा जिल्ला सचिव डम्वर कटुवाल, नागरिक समाजका दोर्ण गुरागाई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले खादा माला टिका लगाई दिई सम्मान गरी विदाई गर्नु भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफुले धनकुटालाई कहिल्यै पनि नर्बिसने र आफुले धनकुटाको विकास र समृद्धिको लागि सधै सहयोग गर्ने बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस