धनकुटाको तिनघुम्तीमा बस दुर्घटना : एकजना घाइते, २६ जना सकुशल

धनकुटा FM
१४ कार्तिक २०८२, शुक्रवार

धनकुटा । धनकुटामा खोटाङ जादै गरेको बस दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

आज बिहान ८:४५ बजेको समयमा  झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जादै गरेको प्र १-०२-००१ ख ९५१९ नम्वरको बसको हावाको अचानक पाइप पड्किएर धनकुटा नगरपालिका  वडा नं ९ तिनघुम्तिमा दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा परी मोरङको लेटाङ नगरपालिका वडा नं  ३ बस्ने ५५ वर्षीय मिना गुरुङ घाइते हुनु भएको छ । उहाँको ढाडमा चोट लागि सामान्य घाइते भएको र थप उपचारका लागि धनकुटा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

सो बसमा २७ जना सवार थिए । अरु सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।