चन्दा उठाएको पैसा तिरेर लाक्पा तामाङ कारागारबाट भए रिहा
धनकुटा । सामाजिक अभियान्ता लाक्पा तामाङ चन्दा संकलन गरिएको रकम धरौटी बुझाएर जेलमुक्त भएका छन् ।
गाली गलौज र साइबर अपराधमा पक्राउ परेका सामाजिक अभियान्ता लाक्पा तामाङको रिहाईका लागि श्रम संस्कृति पार्टी धनकुटाको अगुवाईमा धनकुटा चन्दा संकलन अभियान सञ्चालन गरेको थियो ।
गाली गलौज र साइबर अपराधको मुद्दामा तामाङलाई कात्तिक १७ गते जिल्ला अदालत धनकुटाले २० हजार रुपैयाँ धरौटी मागेको थियो । तर तामाङले भ्रष्टचार विरुद्ध आवाज उठाउँदा आफु विरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै अदालतले मागेको धरौटी नबुझाउने बताउँदै कारागार चलान भएका थिए ।
तामाङले आफु निर्दाेश रहेको र आफुले धनकुटामा भ्रष्टचार भएको सहन नसकेर आवाज उठाउँदा राजनीतिक रुपमा थुनिएकाले धरौटी नतिर्ने बताएपछि श्रम संस्कृति पार्टी धनकुटाको अगुवाईमा चन्दा संकलन अभियान चलाएको थियो ।
सो अभियानबाट संकलन भएको २० हजार रुपैयाँ बुझाएर तामाङ कारागार मुक्त भएको श्रम संस्कृति पार्टी धनकुटाका अध्यक्ष जितेन्द्र माङ्पाङ राईले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस